Garima Bikas Bank

गरिमा विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १०% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा ३२ करोड ५५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २९ करोड ५८ लाख आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २१ करोड ४७ लाख रहेको छ ।

बैंकले ३३ अर्ब ७३ करोड निक्षेप संकलन गरेर ३३ अर्ब २१ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २९ अर्व ७६ करोड निक्षेप संकलन गरेर २८ अर्ब २१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ८० करोड ६२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६७ करोड ०६ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ४६ करोड ५० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४२ करोड २६ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २३ करोड रहेको छ भने जगेडा कोषमा ६२ करोड ७४ लाख रहेको छ । कम्पनीको संचित नाफा २२ करोड ५४ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.३९% छ भने गत बर्ष ०.२८% रहेको थियो । कोषको लागत ८.५१% र कर्जा निक्षेप अनुपात ७९.२०% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २०.०७ रहेको छ भने नेटवर्थ १२६.३४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ११.२६ गुणा रेहेको छ ।

Visa Travels