goodwill finance

गुडविल फाइनान्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ८६.४४% ले बृद्धि भएको छ ।

फाइनान्सले यस त्रैमासमा ६ करोड ०१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३ कारोड २२ लाख आर्जन गरेको थियो ।

हाल सम्म कम्पनीको विवतरण योग्य नाफा ६ कारोड ०२ लाख रहेको छ ।
फाइनान्सले ७ अर्ब ९२ करोड निक्षेप संकलन गरेर ६ अर्ब ०२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब २६ कारोड निक्षेप संकलन गरेर ५ अर्ब १९ करोड कर्जा विस्तार गरेको थियो ।

फाइनान्सको खुद व्याज आम्दानी २२ करोड २१ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १८ करोड ११ लाख रहेको थियो ।

फाइनान्सको सञ्चालन मुनाफा ११ करोड २९ लाख रहेको छ भने गत आर्थिक वर्षमा ९ करोड ३४ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८० करोड रहेको छ भने जगेडा कोषमा ३५ करोड १२ लाख रहेको छ । संचित मुनाफा १४ करोड ५४ लाख, सेयर प्रिमियम २४ लाख ७५ हजार रहेको छ ।

फाइनान्सको निष्कृय कर्जा अनुपात १.२५% रहेको छ भने गत बर्ष ०.८५% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु १५.०३ र नेटवर्थ रु १६२.३९ रहेको छ ।

Visa Travels