हिमालयन बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २७.४६% ले बृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा १ अर्ब ७४ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ३६ करोड आर्जन गरेको थियो ।
कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ९२ करोड ९२ लाख रहेको छ ।
बैंकले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरेर ९७ अर्ब ७२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ०९ अर्व निक्षेप संकलन गरेर ९२ अर्ब ६९ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी २ अर्ब ५७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४९ करोड रहेको थियो ।
त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ११ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९५ करोड रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ५२ करोड रहेको छ भने जगेडा कोषमा ६ अर्ब ११ करोड रहेको छ । कम्पनीको संचित नाफा ३ अर्ब १० करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात १.२८% छ भने गत बर्ष १.२५% रहेको थियो । कोषको लागत ६.३४% र कर्जा निक्षेप अनुपात ७३.९४% रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ४०.९०, नेटवर्थ २०८.२० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १३.७४ गुणा रेहेको छ ।