jyoti bikas bank

ज्योति विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको नाफा ६४.७६% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा २८ करोड ०८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १७ करोड ०४ लाख आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १५ करोड ९३ लाख रहेको छ ।

बैंकले २९ अर्ब ६८ करोड निक्षेप संकलन गरेर २६ अर्ब ८४ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्व ९९ करोड निक्षेप संकलन गरेर २४ अर्ब ७७ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ७३ करोड ६९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ६६ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ४० करोड १३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड ३५ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४९ करोड रहेको छ भने जगेडा कोषमा ५५ करोड ५४ लाख रहेको छ । कम्पनीको संचित नाफा २२ करोड ७१ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.८०% छ भने गत बर्ष ०.५९% रहेको थियो । कोषको लागत ८.३३% र कर्जा निक्षेप अनुपात ७५.०५% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १६.०७ रहेको छ भने नेटवर्थ १२२.३९ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १०.०२ गुणा रेहेको छ ।

Visa Travels