auction share

लुम्बिनी जनरल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम मार्फत बिक्रि गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण समुह तर्फको ९९,७२६ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो । इच्छुक आबदेकले २०७६ फागुन १४ देखि २०७६ फागुन २१ गते सम्म बोलपत्र पेश गर्ने सक्नेछन् ।

कम्पनीले प्रति सेयर मुल्य रु १०० तोकेको हुँदा रु १०० वा सो भन्दा बढी रकम अंकित गरी बोलकबोल गर्नपर्नेछ । कुनै पनि इच्छुक आवेदकले न्युनमत १०० कित्ता सेयरको लागि आवेदन गर्नुपर्ने हुन्छ ।

विक्री प्रबन्धक सि वि आई एल क्यापिट लिमिटेड रहेको छ । बोलपत्र आवेदन फारम सिविआइएल क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौं, सिटिजन्स् बैंकको शाखाहरुः विरटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी बाट पाइनेछ ।

आबेदकले खरिद गर्न चाहेको सेयरको कुल रकम सिविआईएल क्यापिटल लिमिटेडको नाममा सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडमा रहेको खाता नंं। ०४८०१००००००५१३०१ मा जम्मा गर्नपर्नेछ ।

Visa Travels