machhapuchchhre bank

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ५.१८% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा ८२ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७८ करोड १३ लाख आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ६० करोड ६३ लाख रहेको छ ।

बैंकले ९७ अर्ब ५२ करोड निक्षेप संकलन गरेर ८७ अर्ब ५४ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८५ अर्व १९ करोड निक्षेप संकलन गरेर ७५ अर्ब ०९ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ९८करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब २३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १४ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ४५ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ०५ करोड रहेको छ । कम्पनीको संचित नाफा ६१ करोड ०९ लाख, सेयर प्रिमियम ३ करोड ०८ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.४५% छ भने गत बर्ष ०.४४% रहेको थियो । कोषको लागत ७.६४ र कर्जा निक्षेप अनुपात ७८.७२% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १९.४३, नेटवर्थ रु १३१.८८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ११.७८ गुणा रेहेको छ ।

Visa Travels