nabil bank

नविल बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ६.२०% घटेको छ ।

बैंकले यस त्रैमासमा २ अर्ब ०४ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब १७ करोड आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ४५ करोड रहेको छ ।

बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४१ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ६२ अर्व निक्षेप संकलन गरेर १ खर्ब २७ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ४५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६१ करोड रहेको थियो । करिव १६ करोडले घटेको छ ।

त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ९० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ०८ करोड रहेको थियो ।

ब्याज खर्चको बृद्धिले खुद ब्याज आम्दानीमा कमी, कर्मचारी खर्च बृद्धि हुनु, खराब कर्जा बृद्धि नै मुनाफा घट्नुको मुख्य कारण हो ।

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ०९ करोड रहेको छ भने जगेडा कोषमा ११ अर्ब ६७ करोड रहेको छ । कम्पनीको संचित नाफा २ अर्ब १३ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.७५% छ भने गत बर्ष ०.६२% रहेको थियो । कोषको लागत ६.०२% र कर्जा निक्षेप अनुपात ७७.२८% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४५.३२ रहेको छ भने नेटवर्थ २३६.६८ रहेको छ ।

Visa Travels