नाडेप लघुवित्तको खुद नाफा १२३.७१% ले बृद्धि

financial reports

नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा १२३.७१% ले बृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा ३ करोड १९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीम १ करोड ४२ लाख आर्जन गरेको थियो ।

लघुवित्तले २ अर्ब ४९ करोड कर्जा सापटी र १ अर्ब ३१ कारोड निक्षेप संकलन गरेर ४ अर्ब १४ करोड कर्जा विस्तार गरेको छ ।

लघुवित्तको खुद व्याज आम्दानी १४ करोड रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ११ करोड ९७ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ४ करोड ७९ लाख रहेको छ भने गत आर्थिक वर्षमा २ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ३६ करोड ८० लाख रहेको छ भने जगेडा कोषमा २१ करोड ६२ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात ४.७९% रहेको छ भने गत बर्ष ४.३४% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु १७.३५ र नेटवर्थ रु १५८.७८ रहेको छ ।

Like & Share on: