नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २.७२% बृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा ७५ करोड ७३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७३ करोड ९८ लाख करोड आर्जन गरेको थियो ।
कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ५२ करोड ५२ लाख रहेको छ ।
बैंकले ६३ अर्ब निक्षेप संकलन गरेर ६४ अर्ब ८९ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६५ अर्व ९७ करोड निक्षेप संकलन गरेर ६० अर्ब ८५ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ६६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४६ करोड रहेको थियो ।
त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ०५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ०३ करोड रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ८अर्ब १३ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ५८ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ८१ करोड, सेयर प्रिमियम १६ करोड ९८ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात २.८२% छ भने गत बर्ष ३.५३% रहेको थियो । कोषको लागत ७.५०% र कर्जा निक्षेप अनुपात ७६.६०% रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १८.६० रहेको छ भने नेटवर्थ १५६.१८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ११.७८ गुणा रेहेको छ ।