nepal investment bank

नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १५.६६% ले घटेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ६६ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ९७ करोड आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ८४ करोड ३४ लाख रहेको छ ।

बैंकले १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३२ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४९ अर्व निक्षेप संकलन गरेर १ खर्ब २२ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ०६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३१ करोड रहेको थियो । खुद व्याज आम्दानीमा करिब २४ कारोड ९८ लाखको कमि आएको छ ।
त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ३८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८४ करोड रहेको थियो ।

बैंकको मुख्य आम्दानी खुद व्याज आम्दानीमा घिरावट आउनुको साथै खराव कर्जा वृद्धि हुँदा नाफा घाटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब २२ करोड रहेको छ भने जगेडा कोषमा १० अर्ब १० करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ८१ करोड, सेयर प्रिमियम ३२ करोड ५९ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.९०% छ भने गत बर्ष २.०४% रहेको थियो । कोषको लागत ६.३७% र कर्जा निक्षेप अनुपात ७५.३९% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३३.९९ घटेर रु २३.४३ रहेको छ भने नेटवर्थ १८४.०३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १७.२८ गुणा रेहेको छ ।

Visa Travels