nepal life insurance

नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा २५.०२% ले बृद्धि भएको छ ।

यस त्रैमासमा ३५ करोड ०९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २८ करोड ०५ लाख कमाएको थियो ।

यस अवधिमा कम्पनीले १३ अर्ब ९१ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १० अर्ब ४७ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । तुलनाको अवधिमा यो ३२.८०% बृद्धि हो ।

त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट २ अर्ब ७६ कारोड र वीमालेख धितो कर्जाबाट ७६ करोड ८१ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३ अर्ब १४ करोड खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १ अर्ब ६१ करोड र व्यवस्थापन खर्च ४६ कोरोड ९१ लाख गरेको छ ।

यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या १२ लाख ५८ हजार ५११ रहेको छ । हाल सम्म भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब २० करोड रहको छ ।

हाल कम्पनीको चुक्तापुँजी ५ अर्ब ४९ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ६१ करोड रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ७७ अर्ब ५९ करोड र महाविपत्ती जगेडामा ४७ करोड ५७ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १२.७७ र नेटवर्थ रु १५६.२४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ७८.३१ गुणा रहेको छ ।

Visa Travels