nepal sbi bank

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा सामान्य घटेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ०२ करोड आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ७३ करोड ६६ लाख रहेको छ ।

बैंकले १ खर्ब ०४ अर्ब निक्षेप संकलन गरेर ९४ अर्ब २३ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९७ अर्व ९२ करोड निक्षेप संकलन गरेर ८४ अर्ब ३८ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब २१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १८ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ४१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रहेको थियो । व्यज खर्च वृद्धि हुँदा बैंकको नाफ घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ४४ करोड रहेको छ भने जगेडा कोषमा ४ अर्ब १० करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ६७ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.१७% छ भने गत बर्ष ०.१९% रहेको थियो । कोषको लागत ७.०९% र कर्जा निक्षेप अनुपात ७७.६०% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २३.६९ रहेको छ भने नेटवर्थ १६८.४० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २३.६९ गुणा रेहेको छ ।

Visa Travels