महालक्ष्मि लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । यस त्रैमासमा ५ करोड १८लाख खुद नाफा आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले २८ करोड ३५ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने लगनी, कर्जा तथा अन्यबाट १ कारोड ७८ लाख र वीमालेख धितो कर्जाबाट ३२ करोड ३५ लाख आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ९ लाख ६६ हजार खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत ४ करोड १७ लाख र व्यवस्थापन खर्च ७ कोरोड ४७ लाख गरेको छ ।
यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या ६ हजार ७ सय ६९ रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा ५ करोड ७६ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ४२ करोड ३४ लाख र महाविपत्ती कोष जगेडा ६४ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ७.४०, नेटवर्थ १०४.५७ रहेको छ ।