financial reports

स्वाभिमान लघुवित्त र विजय लघुवित्त वित्तीय संस्था आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

स्वाभिमान लघुवित्तले यस त्रैमासमा १ करोड १२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८२ लाख ८५ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ३६% ले बृद्धि भएको छ ।

लघुवित्तले ५९ करोड ०१ लाख कर्जा सापटी र ३३ करोड ९९ लाख निक्षेप संकलन गरेर ८९ करोड ३२ लाख कर्जा विस्तार गरेको छ ।

लघुवित्तको खुद व्याज आम्दानी ३ करोड ०४ लाख रहेको छ भने सञ्चालन मुनाफा १ करोड ४३ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ६ करोड १८ लाख रहेको छ भने जगेडा कोषमा ३ करोड २४ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात ०.८९% रहेको छ भने गत बर्ष ०.१४% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु ३६.४३ र नेटवर्थ रु १५२.५० रहेको छ ।

विजय लघुवित्तले यस त्रैमासमा ५ करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ लाख ४२ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा १३३.६५% ले बृद्धि भएको छ ।

लघुवित्तले २ अर्ब ६७ करोड कर्जा सापटी र ७३ करोड १७ लाख निक्षेप संकलन गरेर ३ अर्ब ४४ करोड कर्जा विस्तार गरेको छ ।

लघुवित्तको खुद व्याज आम्दानी १२ करोड ६३ लाख रहेको छ भने सञ्चालन मुनाफा ८ करोड ०२ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी २२ करोड ४० लाख रहेको छ भने जगेडा कोषमा १० करोड ५७ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.६३% रहेको छ भने गत बर्ष २.४५% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु ५०.५६ र नेटवर्थ रु १४७.१९ रहेको छ

Visa Travels