Butwal power company

बुटवल पावर कम्पनीले लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

यस त्रैमासमा ८५ करोड ८८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७५ करोड ८२ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा १३.२७%ले वृद्धि भएको छ । अन्य आम्दानीमा बृद्धि हुँदा नाफ बढेको हो ।

यस अवधिमा विद्युत विक्री आय ४० करोड ४७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३८ करोड ४० लाख रहेको थियो । त्यसैगरी कम्पनीको अन्य आय ७४ करोड १३ लाख र वित्तीय आम्दानी १ करोड ८८ लाख आर्जन गरको छ ।

कम्पनीको संचालन खर्च ७ करोड ४० लाख रहेको छ भने व्याज खर्च १ करोड ७० लाख रहेको छ । त्यसैगरी उत्पादन खर्च ११ करोड ७० लाख र विद्युत वितरण खर्च ५ करोड ७८ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ६८ करोड रहेको छ भने सेयरधनीकोषमा ४ अर्ब २९ कारोड रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३२ र नेटवर्थ रु २६०.२१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १०.२५ गुणा रहेको छ ।

Visa Travels