Gurans life insurance

गुराँस लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

यस त्रैमासमा ७ करोड ३५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४ करोड ०९ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ७९.३९% ले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ९५ करोड ७७ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ७१ करोड ९९ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट ३० कारोड ३८ लाख र वीमालेख धितो कर्जाबाट २ करोड १८ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले १८ करोड ३३ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १२ करोड १७ लाख र व्यवस्थापन खर्च ११ कोरोड २३ लाख गरेको छ ।

यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या १ लाख ९९ हजार २५७ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ९३ करोड ८५ लाख रहेको छ भने जगेडा कोषमा ३४ करोड ७२ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ६ अर्ब ६७ करोड र महाविपत्ती जगेडामा ४ करोड ३२ लाख रहेको छ ।

यस कम्पनीले १००% हकप्रद जरी गर्नेभएको छ, बोर्डबाट अनुमति पाइसकेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १५.६७ र नेटवर्थ रु १४१.६१ रहेको छ । मुल्य आम्दानी अनुापत ३३.८२ गुणा रहेको छ ।

Visa Travels