गुराँस लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।
गुराँस लघुवित्तले यस त्रैमासमा ४१ लाख ५३ हजार खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २६ लाख ०३ हजार आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ५९.५५% ले बृद्धि भएको छ ।
लघुवित्तले ६० करोड ७४ लाख कर्जा सापटी र १२ करोड ४७ लाख निक्षेप संकलन गरेर ७१ करोड ७२ लाख कर्जा विस्तार गरेको छ ।
लघुवित्तको खुद व्याज आम्दानी २ करोड ३६ लाख रहेको छ भने सञ्चालन मुनाफा ६५ लाख ३० हाजर रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ७ करोड ७५ लाख रहेको छ भने जगेडा कोषमा २ करोड ४७ लाख रहेको छ ।
लघुवित्तको निष्कृय कर्जा अनुपात २.९८% रहेको छ भने गत बर्ष ३.८९% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु १०.७२ र नेटवर्थ रु १३१।२० रहेको छ ।
आँधिखोला लघुवित्तले यस त्रैमासमा ८८ लाख ६६ हजार खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४५ लाख ५८ हजार आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ९४.५१% ले बृद्धि भएको छ ।
लघुवित्तले ४१ करोड ८८ लाख कर्जा सापटी र २६ करोड ५८ लाख निक्षेप संकलन गरेर ७० करोड कर्जा विस्तार गरेको छ ।
लघुवित्तको खुद व्याज आम्दानी ३ करोड २४ लाख रहेको छ भने सञ्चालन मुनाफा १ करोड ४० लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १० करोड रहेको छ भने जगेडा कोषमा २ करोड ९१ लाख रहेको छ ।
लघुवित्तको निष्कृय कर्जा अनुपात ४.६२% रहेको छ भने गत बर्ष १.४३% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु १७.७३ र नेटवर्थ रु १२९.१६ रहेको छ ।