mahalaxmi bikas bank

महालक्ष्मि विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ५४.३५% बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा ३० करोड २० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १९ करोड ७६ लाख आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २१ करोड १३ लाख रहेको छ ।

बैंकले ३५ अर्ब ०७ करोड निक्षेप संकलन गरेर २९ अर्ब १८ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्व ५९ लाख निक्षेप संकलन गरेर २६ अर्ब १५ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ८० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६२ करोड ५८ लाख रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ४२ करोड ७० लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड २० लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ०७ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ४० करोड रहेको छ । कम्पनीको संचित नाफा २१ करोड २६ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.७६% छ भने गत बर्ष ४.४१% रहेको थियो । कोषको लागत ८.४४% र कर्जा निक्षेप अनुपात ७४.७९% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १९.८६, नेटवर्थ १५२.७६ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ९.७७ गुणा रेहेको छ ।

Visa Travels