Muktinath bikas bank

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ९.९३% बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा ४७ करोड २५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४२ करोड ९८ लाख आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ३४ करोड ३० लाख रहेको छ ।

बैंकले ४८ अर्ब २३ करोड निक्षेप संकलन गरेर ४५ अर्ब २० करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्व ४७ लाख निक्षेप संकलन गरेर ३८ अर्ब १४ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ०९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ९१ लाख रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ६७ करोड ४९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६२ करोड ११ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब ३२ करोड रहेको छ भने जगेडा कोषमा ७९ कारोड करोड ९८ लाख रहेको छ । कम्पनीको संचित नाफा ३६ करोड ७३ लाख, सेयर प्रिमियम ६ कारोड ४० लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.११% छ भने गत बर्ष ०.०५% रहेको थियो । कोषको लागत ८.६१% र कर्जा निक्षेप अनुपात ७७.९३% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २२.१३, नेटवर्थ १२८.४७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १३.९२ गुणा रेहेको छ ।

Visa Travels