national life insurance

नेशनल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

यस त्रैमासमा २३ करोड ५८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १७ करोड ११ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ३७.७८% ले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा २ अर्ब ९४ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा ३०%ले बृद्धि भएको छ ।

त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट १ अर्ब १८ कारोड र वीमालेख धितो कर्जाबाट १७ करोड २० लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब २५ करोड खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत ४० करोड र व्यवस्थापन खर्च २७ कोरोड ०१ लाख गरेको छ ।

यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या ८ लाख ०४ हजार ५४० रहेको छ । हाल सम्म कुल भुक्तानी हुन बाँकी दावी रकम २६ लाख ८० हजार रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ०८ करोड रहेको छ भने जगेडा कोषमा ६९ करोड ०६ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ३० अर्ब १५ करोड र महाविपत्ती जगेडामा २४ करोड ०५ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १५.३० र नेटवर्थ रु १२२।०४ रहेको छ ।

Visa Travels