nepal insurance

नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा १९.४१%ले बृद्धि भएको छ ।

यस त्रैमासमा ८ करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ करोड ३२ लाख कमाएको थियो ।

यस अवधिमा कम्पनीले ३२ करोड २९ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा २४ करोड ०१ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट ३ कारोड १८ लाख र पुनर्वीमा कमिशन आय ७ करोड ८६ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ७ करोड ४२ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १ करोड १८ लाख र व्यवस्थापन खर्च १० कोरोड ६३ लाख गरेको छ ।

यस कम्पनीको कुल नविकरण गरिएको वीमालेखको संख्या ४ हजार ६ सय ८२ रहेको छ । कम्पनीले भुक्तानी गर्न बाँकी ८६ करोड ९० लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०९ करोड रहेको छ भने जगेडा कोषमा ३२ करोड २५ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ३४ करोड १३ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १५.९६ र नेटवर्थ रु १६०. रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २२.१७ गुणा रहेको छ ।

Visa Travels