right share -business awaj

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज २०७६ फागुन २२ गते देखि हकप्रद सेयर निष्काशन खुल्ला भएको छ । हकप्रद निष्काशन बन्द २०७६ चैत्र १२ गते हुनेछ ।

एनएलजी इन्स्योरेन्सले ६०% अर्थात् ३८,४२,४३७।५० कित्ता सेयर रु १०० का दरले निष्काशन गर्नेछ ।

कम्पनीको २०७६ माग २६ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछ । बुक क्लोज २०७६ माग २७ गते रहेको थियो ।

योग्य सेयरधनीहरुले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धको रुपमा नियुक्ती गरेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६४ करोड ०४ लाख रहेको छ ।

Visa Travels