prabhu bank

प्रभु बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ४.२२% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ०८ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ०४ करोड आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ०३ करोड रहेको छ ।

बैंकले १ खर्ब १५ अर्ब निक्षेप संकलन गरेर ९४ अर्ब ७१ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ०५ अर्व निक्षेप संकलन गरेर ८५ अर्ब ८२ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब ४५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४९ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ५० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ३१ करोड रहेको छ भने जगेडा कोषमा ३ अर्ब ८५ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ०५ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ३.१२% छ भने गत बर्ष २.४७% रहेको थियो । कोषको लागत ६.२०% र कर्जा निक्षेप अनुपात ७४.७०% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २२.१२, नेटवर्थ १४७.६१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १०.८० गुणा रेहेको छ ।

Visa Travels