prime bank

प्राइम कमर्सिय बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २२.६१% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ३० करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ०६ करोड आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ८६ करोड ५९ लाख रहेको छ ।

बैंकले ८० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ८० अर्ब ९१ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७७ अर्व ०४ करोड निक्षेप संकलन गरेर७२ अर्ब ५४ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब १६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७७ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ८५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ६८ करोड रहेको छ भने जगेडा कोषमा ३ अर्ब १९ करोड रहेको छ । कम्पनीको संचित नाफा २ अर्ब ४६ करोड, सेयर प्रिमियम ६४ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १।४५% छ भने गत बर्ष १ं५८ रहेको थियो । कोषको लागत ७.६५% र कर्जा निक्षेप अनुपात ७६.५४% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २६.८६, नेटवर्थ रु १५८.४१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ९.६८ गुणा रेहेको छ ।

Visa Travels