राष्ट्रिय वाणिज्य बैंक आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।
बैंकले यस त्रैमासमा २ अर्ब २० करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब ४० करोड आर्जन गरेको थियो । कम्पनीको खुद नाफा ८.३२% ले घिरावट आएको छ ।
कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ०९ करोड रहेको छ ।
बैंकले १ खर्ब ९४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४७ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८९ अर्व निक्षेप संकलन गरेर १ खर्ब ४२ अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ५ अर्ब ०६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ९५ करोड रहेको थियो ।
त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ०६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४३ करोड रहेको थियो । खराब कर्जामा बृद्धि र संचालन खर्च बृद्धि हुँदा बैंकको नाफा घटेको हो ।
हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब रहेको छ भने जगेडा कोषमा १२ अर्ब ४८ करोड रहेको छ । कम्पनीको सेयरधनी कोषमा १ अर्ब ४० करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ४.३७% छ भने गत बर्ष ३.४०% रहेको थियो । कोषको लागत ४.०५% र कर्जा निक्षेप अनुपात ७२.६६% रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ४९.०७ रहेको छ भने नेटवर्थ २५४.२३ रहेको छ ।