रिलायन्स फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सको १०औं वार्षिक साधारणभा २०७६ फागुन १६ गते, बानेश्वर बैंक्वेट, बानेश्वार काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।
सभा प्रयोजनको लागि २०७६ माग २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माग २७ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको ६.५८% नगद लाभांश पारित गर्ने छ ।
यस फाइनान्स अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।
साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने छ।
हाल यस कम्पनीको चुक्तापुँजी ८३ करोड २४ लाख रहेको छ ।