initial public offering - IPO

सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको साधारण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ ।

एनआईसी एशिया क्यापिटल र सानिमा जनरल इन्स्योरेन्सबीच सर्वसाधारण सेयर निष्काशन गर्नेसम्बन्धी सम्झौता भएको छ । यो सम्झौता सँगै एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने छ ।

इन्स्योरेन्सले ३० लाख कित्ता सेयर प्रति शेयर १ सय अंकित दरले हुने सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेकोछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ ।

Visa Travels