सानिमा माई हाइड्रोपावरले लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।
यस त्रैमासमा २८ करोड ७९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २२ करोड ९६ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा २५.३६% ले वृद्धि भएको छ ।
यस अवधिमा विद्युत विक्री आय ५२ करोड ७६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४७ करोड ४७ लाख रहेको थियो । त्यसैगरी वित्तीय आम्दानी ७४ लाख आर्जन गरको छ ।
कम्पनीको संचालन खर्च ८ करोड ८६ लाख रहेको छ भने व्याज खर्च १२ करोड ७५ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ३२ करोड रहेको छ भने सेयरधनीकोषमा ८२ कारोड ३७ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १२.४० र नेटवर्थ रु १३५.५ रहेको छ ।