initial public offering - IPO

नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाइ प्राथमिक सेयर निष्काशन अनुमति दिएको छ । अब छिट्टै यी जलविद्युत कम्पनीको सेयर स्थानिय र सर्वसाधारणलाई निष्काशन गर्नछ ।

युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्काशन गर्न २०७६ फागुन ११ गते अनुमनि पाएको छ ।

कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने छ।

शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।

यस आईपिओलाई केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग दिएको छ । यसले कम्पनीको अवस्था कमजोर देखाऊछ ।

लिबर्टी ईनर्जीले २०७६ फागुन ०८ गते नेपाल धितोपत्र बोर्डबाट प्राथमिक शेयर निष्काशनको अनुमति पाएको छ ।

कम्पनीले सर्वसाधारण र स्थानीयलाई गरी ३७ लाख ५० हजार कित्ता शेयर रु १०० का दरलेनिष्काशन गर्ने छ ।

शेयर निष्काशनको लागि एनआइविएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।

यस आईपिओलाई इक्रा नेपालले ग्रेड ४ को रेटिंग प्रदान गरेको हो ।

Visa Travels