shikhar insurance

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

यस त्रैमासमा २३ करोड २३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २१ करोड २० लाख कमाएको थियो । यस अवधिमा नाफा ९.९६%ले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ९० करोड ५६ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ९० करोड ४९ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी पुनर्वीमा कमिशन आय २६ करोड २६ लाख र लगनी, कर्जा तथा अन्यबाट १० कारोड ४४ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ४६ करोड ९४लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत१ करोड ५७ लाख र व्यवस्थापन खर्च १८ कोरोड ८२ लाख गरेको छ ।

यस कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम ८० करोड ९२ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०५ करोड रहेको छ भने जगेडा कोषमा ५७ करोड ३२ लाख रहेको छ । कम्पनीको बीमा कोषमा १ अर्ब १७ करोड र महाविपत्ती जगेडामा ७ करोड ३३ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४३.९५ र नेटवर्थ रु २७२.२१ रहेको छ । मुल्य आम्दानी अनुापत २१.२३ गुणा रहेको छ ।

Visa Travels