financial reports

समिट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा २८.०२% ले बृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा ३ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीम २ करोड ६० लाख आर्जन गरेको थियो ।

लघुवित्तले ५६ करोड १२ लाख कर्जा सापटी र ८१ कारोड ०४ लाख निक्षेप संकलन गरेर १ अर्ब ६९ करोड कर्जा विस्तार गरेको छ ।

लघुवित्तको खुद व्याज आम्दानी ८ करोड ९९ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ७ करोड २१ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ५ करोड २४ लाख रहेको छ भने गत आर्थिक वर्षमा ४ करोड ०९ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २१ करोड रहेको छ भने जगेडा कोषमा १३ करोड ७९ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.८२% रहेको छ भने गत बर्ष १.३६% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु १५.८९ र नेटवर्थ रु १६५.६८ रहेको छ ।

Visa Travels