स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ५३.८२% ले बृद्धि भएको छ ।
लघुवित्तले यस त्रैमासमा २६ करोड ४४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १७ करोड १९ लाख आर्जन गरेको थियो ।
लघुवित्तले ८ अर्ब ५७ करोड निक्षेप संकलन र ६ अर्ब ३० करोड कर्जा सापटी गरेर १५ अर्ब ५५ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ५८ करोड निक्षेप संकलन र ४ अर्ब २० करोड कर्जा सापटी गरेर ११ अर्ब ५९ करोड कर्जा विस्तार गरेको थियो ।
लघुवित्तको खुद व्याज आम्दानी ६४ करोड ५२ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ५० करोड ५२ लाख रहेको थियो ।
लघुवित्तको सञ्चालन मुनाफा ४१ करोड ९८ लाख रहेको छ भने गत आर्थिक वर्षमा २६ करोड ९१ लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ७९.करोड २३ लाख रहेको छ भने जगेडा कोषमा १ अर्ब २८ करोड रहेको छ ।
लघुवित्तको निष्कृय कर्जा अनुपात १.३७% रहेको छ भने गत बर्ष १.०३% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु ६६.७६ र नेटवर्थ रु २६१.६५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १४.६७ गुणा रहेको छ ।