पर्यटकीय सम्भावना (Visit Nepal 2020)

Visit Nepal 2020
Visa Travels

नेपाल विश्वको मानचित्रमा सानो क्षेत्रफल र भूपरिवेष्ठित राष्ट्रको रुपमा रहेपनि नेपालभित्र प्राकृतिक, साँस्कृतिक विविधताहरु प्रशस्तै छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा सहित विश्वको दश उच्च शिखरमध्ये आठ उच्च हिमाली श्रृङ्खलाहरु नेपालमै रहेका छन् । यसर्थ हिमालयन क्षेत्रमा हुने साहसिक पदयात्रा, हिमाल आरोहण र अन्य साहसिक गतिविधिहरुको लागि नेपाल आकर्षक गन्तव्य हो ।

www.nepalvisatravels.com

ads

विश्वमा प्रचालित प्रमुख धर्ममध्ये बुद्ध धर्मका प्रवर्दक गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हुनुको साथै अर्को प्रमुख हिन्दु धर्मका आराध्यदेव पशुपतिनाथ लगायत मूख्य तिर्थस्थल नेपालभित्रै हुनुले यो क्षेत्र हिन्दु र बौद्ध मार्गीहरुका लागि प्रमुख तिर्थस्थल पनि हो । भौगोलिक तथा जलवायुको विविधतासँगै मनोरम स्थल र दृश्यहरुले भरिपुर्ण नेपाल विश्वको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन सकिने प्रचुर सम्भावाना भएको ठाउँ हो । सानो देश भएपनि सयौभन्दा बढी जातजातिहरु र सबै जातजातिहरुको अलग भाषा, पहिचान, भेषभुषा, संस्कार र साँस्कृतिक विविधताले गर्दा देखिने मौलिक जीवनशैली पनि पर्यटन क्षेत्रको लागि थप आकर्षणको विषय हो ।

     

प्राकृतिक रुपले नै सुन्दर देश नेपालमा पर्यटकीय पूर्वधारहरुको अधिकतम विकास गर्न सके र पर्यटन प्रवर्धनका प्रभावकारी योजनाहरु कार्यन्वयन गर्न सके यसबाट हुने आम्दानी र राजश्वले गर्दा समग्र देशको आर्थिक कायपलट नै हुने कुरामा कुनै शंका छैन । पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण, विकास र प्रवद्र्धन गर्न सके कयौ रोजगारीका अवसरहरु सृजना हुनुको साथै दैनिक जीवनयापनमा आर्थिक स्तरउन्नती हुने निश्चित छ । पर्यटन पूर्वधारहरुको आवश्यक र उचित निर्माण तथा व्यवस्थापन गर्ने र पर्यटनलाई नेपालीको दैनिक जीवनशैली, आम्दानीको श्रोतको रुपमा विकास गर्दै नेपालको आर्थिक स्तर बृद्धिमा महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ ।

नेपाल सरकारले देशको पर्यटन क्षेत्रलाई प्रवार्डअन र बिकास गर्न यो वर्षा बिस लाख बाह्या पर्यटक भित्र्याउने महत्वकांक्षा लक्ष्य र योजना सहित भिजिट नेपाल २०२० को घोषणा गरेको छ ।

Visa Travels