नेपालको प्रमुख श्रम गन्तव्य मलेशियामा नेपाल एयार र हिमालयन एयारलाईन्सले मार्च १७ तरिख देखी मलेशिया उडान बन्द गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न मलेशिया सरकारले लकडाउन गरे पछी मलेशिया उडान भर्ने एयारलाईन्सहरुले उडान रोकेको हो ।

नेपाल एयारले अर्को सुचना नआएसम्मलाई उडान स्थगित गरेको छ भने हिमालयन एयारलाईन्सले ३१ मार्च सम्मको लागि उडान स्थगित गर्ने सुचना निकालेको छ । यो अवधिमा उडान भर्नको लागि टिकेट लिसकेका यात्रुहरुले आफ्नो टिकेट्को पैसा  सम्बन्धित ठांउबाट पुरा फिर्त लिनसक्ने वा विना शुल्क पछडिको मितिमा सार्न सक्ने व्यवस्था गरेको छ ।  यदपी मलेशियान एयारलाईन्सले भने हाल सम्म उडान स्थगितको कुनै सुचना जारी गरेको छैन ।

 

Visa Travels