नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २ करोड ०६ लाख कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत गरेको छ ।
नेप्सेको अनुसार निम्न ४ कम्पनीको बोनस सेयर सुचिकृत भएको हो ।
सिद्धार्थ बैंकको ९०,०१,६२६.०२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यो गत आर्थिक वर्षको कमाइबाट वितरण गरेको १०% बोनस सेयर हो ।
नविल बैंकको १,०८,५६,५२० कित्ता बोनस सेयर सुचिकृत भएको छ । यो गत आर्थिक वर्षको कमाइबाट वितरण गरेको १२% बोनस सेयर हो ।
कञ्चन डेभलपमेन्ट बैंकको ५,३१,३०० कित्ता बोनस सेयर सुचिकृत भएको छ । यो गत आर्थिक वर्षको कमाइबाट वितरण गरेको १०% बोनस सेयर हो ।
सबैको लघुवित्तको २,१४,५०० कित्ता बोनस सेयर सुचिकृत भएको छ । यो गत आर्थिक वर्षको कमाइबाट वितरण गरेको १३% बोनस सेयर हो ।
यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।