अर्थमन्त्रीमा फेरी पनि डा.युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि मन्त्री नियुक्त गर्न पाउने सुविधा प्रयोग गरि खतिवडालाई पुन नियुक्त गरिएको हो । अब युवराज खतिवडा कम्तीमा थप ६ महिना अर्थमन्त्री नै रहने भएको छ ।