excel development bank

एक्सेल डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको वार्षिक साधारणभा २०७६ चैत्र २० गते, होटल होलिडे होम, विर्तामोड, झापामा बिहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको १७.१०% बोनस सेयर र ६२ लाख ३४ हाजर नगद लाभांश पारित गर्नेछ ।

बोनस सेयर पश्चात कायम चुक्तापुँजी ८१ करोड ११ लाखको ३०% हकप्रद जारी गर्ने प्रस्चाव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६९ करोड २६ लाख रहेको छ ।

सभा प्रयोजनको लागि २०७६ चैत्र ०७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ०६ गते सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

Visa Travels