debenture

गुडविल फाइनान्सले २५ कारोड बराबरको ऋणपत्र २०७६ फागुन २८ गते देखि निष्काशन गर्ने भएकोछ । ऋणपत्र निष्काशन बन्द छिटोमा २०७६ चैत्र २ गते र ढिलोमा २०७६ चैत्र १२ गते हुनेछ ।

कुल २ लाख ५० हजार कित्ता ऋणपत्र मध्य १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने छ भने १ लाख कित्ता सर्वसाधारण नेपालीको लागि निष्काशन गर्ने भएको छ ।
यस ७ वर्ष अवधिको ऋणपत्रमा वार्षिक १२५ व्याज पाउनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।

इच्छुक आवेदकले प्रति कित्ता रु १००० का दरले न्युनत्तम २५ कित्ता र अधिकत्तम ५ हजार कित्ता सम्म दरखास्त दिन सक्नेछन् ।

एनआईविएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था मार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ । यस ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल बीबी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको ऋणपत्रमा मध्यम कर्जा जोखिम भएको सङ्केत गर्दछ।

Visa Travels