Gurans life insurance

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १००% हकप्रद सेयर २०७६ चैत्र २० गते देखि निष्काशन हुने भएको छ । निष्काशन बन्द २०७७ वैशाख १० बैंकिङ्ग समय पश्चात हुनेछ ।

कम्पनीले १ः१ अर्थात् ९,३८५,२०० कित्ता हकप्रद सेयर रु १०० का दरले विक्री गर्नेछ ।

कम्पनीका अनुसार आजसम्म अर्थात् २०७६ फागुन २१ गते सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरका लागि आवदेन दिन सक्नेछन् ।

योग्य सेयरधनीहरुले सिआस्वा सदस्य बैंक तथा वित्तीयहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

निष्काशन तथा विक्री प्रबन्धक एनएमवि क्यापिटल लिमिटेड रहेको छ ।

काम्पनीको चुक्तापुँजी हकप्रद निष्काशन पश्चात १ अर्ब ८७ करोड पुग्नेछ । हाल यस कम्पनीको चुक्तापुँजी ९३ करोड ३८ लाख रहेको छ ।

Visa Travels