Dividend

आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सम्म कायम सेयरधनीहरुले मात्र लाभांश दावी तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

वोमी लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारणसभा २०७६ चैत्र १६ गते, धुलिखेल न।पा ०३, धुलिखेल, काभ्रेपलाञ्चोक, जुगल होटलको सभाहलमा विहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्तापुँजी १० करोड १० लाख को २५% बोनस सेयर र १।३१६% नगद लाभांश पारित गर्ने छ ।

यस बैंक अन्य कुनै उपयुक्त बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने कार्यको लागि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

हाल यस कम्पनीको चुक्तापुँजी २५ करोड २५ लाख रहेको छ ।

सभा प्रयोजनको लागि २०७६ फागुन ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

सेञ्चुरी कमर्सियल बैंकको वार्षिक साधारणसभा २०७६ चैत्र १४ गते, आर्मी अफिसर्स क्लब,भद्रकाली, काठमाडौंमा बिहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको २%बोनस सेयर र ४।७५% नगद लाभांश पारित गर्नेछ ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

हाल यस कम्पनीको चुक्तापुँजी ८ अर्ब ४१ करोड रहेको छ ।

सभा प्रयोजनको लागि २०७६ फागुन ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

अपि पावर कम्पनीले वार्षिक साधारणसभा २०७६ चैत्र ७ गते, कार्की बैंक्वेट, माईतिघर काठमाडौंमा विहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको ५% बोनस सेयर पारित गर्ने छ ।

चुक्तपुँजी १ अर्ब १९ करोडको ४६.७६५% हकप्रद जारी गर्न स्वीकृति भएको जानकारी तथा पारित गर्ने ।

५% बोनस सेयर र ४६.७६५% हकप्रद जारी पश्चात पुन १ः ०.९०९६ अर्थात् १ अर्ब ६५ करोड बराबरको हकप्रद सेयर जारी गर्ने ।

हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब १९ करोड रहेको छ । ५% बोनस सेयर र ४६.७६५% हकप्रद जारी पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ८१ करोड पुग्ने छ ।

सभा प्रयोजनको लागि २०७६ चैत्र १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३० सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

Visa Travels