initial public offering - IPO

लक्ष्मी म्युचुअल फण्डले ८ करोड इकाई निष्काशन गर्ने भएको छ । लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्वटी फण्ड–१ सञ्चालन गरिरहेको लक्ष्मी क्यापिटलले लक्ष्मी उन्नती कोष नामक सामुहिक लगानी कोषको इकाई विक्री गर्न लागेको हो ।

यो योजना २०७६ चैत ९ गतेदेखि चैत्र १३ गतेसम्म विक्री खुल्ला रहनेछ । यो १० बर्षे बन्दमुखी योजना हो । सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रति इकाई १० का दरले ८ करोड इकाई निष्काशन गर्नेछ । कुल निष्काशन मध्ये १५% अर्थात् १ करोड २० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मि बैंकलाई सुरक्षित राखेको छ भने बाँकी ६ करोड ८० लाख सर्वसाधारणलाई जारी गर्नेछ ।

कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेड रहेके छ भने योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मर्केट लिमिटेड रहेको छ ।

Visa Travels