nabil bank

नविल बैंकले २ अर्ब बराबरको ऋणपत्र आज २०७६ चैत्र २ गते देखि निष्काशन खुल्ला भएकोछ । ऋणपत्र निष्काशन बन्द छिटोमा २०७६ चैत्र ५ गते र ढिलोमा २०७६ चैत्र १६ गते हुनेछ ।

कुल २० लाख कित्ता ऋणपत्र मध्य १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने छ भने ८ लाख कित्ता सर्वसाधारण नेपालीको लागि निष्काशन गर्ने भएको छ ।

यस ७ वर्ष अवधिको ऋणपत्रमा वार्षिक १०% व्याज पाउनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।

इच्छुक आवेदकले प्रति कित्ता रु १००० का दरले न्युनत्तम २५ कित्ता र अधिकत्तम सम्पूर्ण कित्ता सम्म दरखास्त दिन सक्नेछन् ।

लक्ष्मि क्यापिटल मार्केट लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था मार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ । यस ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एलएए रेटिङ्ग प्रदान गरेको छ।

Visa Travels