नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले २०७६ चैत्र ०४ देखि १ अर्ब ६० करोड बारबारको आइपीओ सेयर निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन बन्द छिटोमा चैत्र ०७ गते र ढिलोमा चैत्र १८ गते हुनेछ ।
कम्पनीले १६५ अर्थात् १६,०००,००० कित्ता आईपिओ सेयर १०० का दरले सर्वसाधारण नेपालीहरुलाई जारी गर्नेछ । उक्त सेयर मध्ये ७३,५०० कित्ता कर्मचारीरुलाई र ५% अर्थात् ८,००,००० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ भने बाँकी रहको १,५१,२६,५०० कित्ता सर्बसाधारणलाई निष्काशने गर्ने भएको छ ।
ईच्छुक आबेदकले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवदेन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
निष्काशन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
हाल यस कम्पनीको चुक्तापुँजी ८ अर्ब ४० करोड रहेको छ ।