price adjustment

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दुई कम्पनीको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

नेप्सेको अनुसार निम्न कम्पनीहरुको सेयर मुल्य समायोजन गरेको हो ।

सेञ्चुरी कमर्सियल बैंकको सेयर मुल्य समायोजन पछि रु १७७.४५ कायम भएको छ । सेयर मुल्य २% बोनस सेयरको लागि समायोजन गरेको हो ।

बैंकको वार्षिक साधारणसभा २०७६ चैत्र १४ गते, आर्मी अफिसर्स क्लब,भद्रकाली, काठमाडौंमा बिहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको २% बोनस सेयर र ४.७५% नगद लाभांश पारित गर्नेछ ।

वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन पछि रु ८५६ कायम भएको छ । सेयर मुल्य २५% बोनस सेयरको लागि समायोजन गरेको हो ।

संस्थाको वार्षिक साधारणसभा २०७६ चैत्र १६ गते, धुलिखेल न.पा ०३, धुलिखेल, काभ्रेपलाञ्चोक, जुगल होटलको सभाहलमा विहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्तापुँजी १० करोड १० लाख को २५% बोनस सेयर र १.३१६% नगद लाभांश पारित गर्ने छ ।

Visa Travels