सोमबार ६% अर्थात् ९६ अंकले घटेको बजार आज भने केहि समालिएको छ । बजार खुलेसँगै तीब्र घट्न थालेको नेप्से परिसुचक १४४० अंक सम्म आएर पुन १५२३ अंक सम्म पुगेको थियो । फेरि नेप्से घटेर १४५९अंक सम्म आएको नेप्से सुचक पुन वृद्धि भई दिनभर धेरै नै उतरचडाप रहयो । अन्त्यमा कारोबार बन्द हुँदा १४.३७ अंकले बृद्धि भएर १५०९.६७ अंकमा कारोबार बन्द भएको छ । कुल १८१ कम्पनीको सेयर कारोबार हुँदा कारोबार रकम ३ अर्ब ८५ कारोड पुगेको छ । ७६ कम्पनीको सेयर मुल्य वृद्धि भएता पनि ६८ कम्पनीको मुल्य घटेको छ ।
डाटा सेन्टरमा समस्या आएर वीचमै कारोबार बन्द भएकोले थप ५५ मिनेट अर्थात् ३ बजेर ५५ मिनेट सम्म करोबार भएको थियो ।
लघुवित्त वित्तीय संस्थाहरुको लाभांश वितरण गर्ने नितीमा परिवर्तन आउँदा लाभांश वितरण दर घट्ने त्रासले
लघुवित्तमा विक्री चाप बढेको हुँदा धेरै मुल्य घटेको छ । लघुवित्त सुचक ११६.१५ अंकले घटेको छ ।
धेरै कारोबार हुने कम्पनीहरुः नेपाल लाईफ इन्स्योरेनस ४० करोड ५५ लाख, एनएमवि बैंक २५ करोड ०९ लाख र एनआइसी एशिया बैंकको १८ करोड ३२ लाख रहेको छ ।
धेरै मुल्य बृद्धि भएको कम्पनीहरुः मञ्जुश्री फाइनान्सको ९.९२%, नेपाल हाइड्रो डेभलपर्सको ९.२७% र युटाइनेट इन्स्योरेन्सको ६.६१%ले बृद्धि भएको छ ।