आईतबार पनि नेप्से कारोबार रकम उच्च वृद्धि भएको छ । कारोबार रकम पहिलो पटक ४ अर्ब ८४ करोड पुगेको हो । करोबार रकम बढे पनि नेप्से सुचक भने ४०.८२ अंकले घटेको छ । केही दिन एताको तिब्र बृद्धिमा कारोबारीहरुले नाफा सुरक्षित गर्दा नेप्से सुचकमा गरिवाट आएको हो ।
फाइनान्स उप सुचक बाहेक सबै सुचक घटेको छ । सबैभन्दा धेरै जिवन वीमा र निर्जिवन वीमा उप सुचक धेरै घटेको छ ।
धेरै कारोबार हुने ३ कम्पनीहरुः एनएमवि बैकको २६.६३ करोड, ग्लोबल आईएमइ बैंकको २५.८५ करोड र नेपाल लाईफ इन्स्योरेन्सको २४.६४ करोड रहेको छ ।
धेरै मुल्य बृद्धि हुने ३ कम्पनीहरुः मितेर डेभलपमेन्ट बैंकको ९.९०%, मञ्चुश्री फाइनान्सको ९.८८% र एक्सेल डेभलपमेन्ट बैंकको ६.६२% ले बृद्धि भएको छ ।