initial public offering - IPO

नेपाल धितोपत्र बोर्डले एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ४७ करोड ५५ लाख बराबरको आइपीओ निश्कासन गर्न आज चैत्र ०४ गते अनुमति प्रदान गरेको छ ।

कम्पनीले ३२.१३% अर्थात् ४७,५५,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँ दरले सर्वसाधारणबाट निश्कासन गर्नेछ । एनआइसी एशिया बैंक लिमीटेडको सहायक कम्पनीको रुपमा रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले चाँडै निश्कासन गर्नेछ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेड रहेको छ ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी १ अर्ब ४८ करोड पुग्नेछ । यस लघुवित्त वित्तीय संस्थाले १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Visa Travels