गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १००% हकप्रद सेयर निष्काशन प्रयोजनको लागि मुल्य समायोजन गरेको छ । समायोजन पछि कम्पनीको सेयर मुल्य रु.४७० कायम रहेको छ ।
कम्पनीले १ः१ अर्थात् ९,३८५,२०० कित्ता हकप्रद सेयर रु १०० का दरले विक्री गर्ने छ । २०७६ फागुन २१ गते सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरका लागि आवदेन दिन सक्नेछन् ।
निष्काशन तथा विक्री प्रबन्धक एनएमवि क्यापिटल लिमिटेड रहेको छ ।
काम्पनीको चुक्तापुँजी हकप्रद निष्काशन पश्चात १ अर्ब ८७ करोड पुग्नेछ । हाल यस कम्पनीको चुक्तापुँजी ९३ करोड ३८ लाख रहेको छ ।