initial public offering - IPO

युनाइटेड इदी-मर्दी एण्ड आर वि हाइड्रोपावरले २०७६ चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीयवासीका लागि प्राथमिक शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

आईपिओ निष्काशन बन्द छिटोमा २०७६ चैत्र २४ र ढिलोमा २०७७ वैशाख ९ गते हुनेछ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १०% अर्थात् ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

स्थानीयलाई निष्काशन गरे पश्चात १५% अर्थात ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।

केयर रेटिङ्ग नेपालले यस आईपीओलाई केयर एनपी आईपीओ ग्रेड ४ को रेटिंग दिएको छ।

Visa Travels