annual general meeting

वोमी लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको वार्षिक साधारणभा २०७६ चैत्र १६ गते, धुलिखेल न.पा ०३, धुलिखेल, काभ्रेपलाञ्चोक, जुगल होटलको सभाहलमा विहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्तापुँजी १० करोड १० लाख को २५% बोनस सेयर र १.३१६% नगद लाभांश पारित गर्ने छ ।

यस बैंक अन्य कुनै उपयुक्त बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने कार्यको लागि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने छ ।

संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण तर्फबाट २ जना सञ्चालको निर्वाचन गर्नेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी २५ करोड २५ लाख रहेको छ ।

सभा प्रयोजनको लागि २०७६ फागुन ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

Visa Travels